दमौलीमा लागेको आगो निभाउन हेलिकोप्टरबाट पानी हालिँदै

दमौलीमा लागेको आगो निभाउन हेलिकोप्टरबाट पानी हालिँदै

तनहुँः जिल्लाको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। बिहान १० बजेदेखि लागेको आगो तीन घण्टा हुँदा पनि नियन्त्रणमा नआएको हो।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पुर्याएको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। सिम्रिक इयरको हेलिकप्टरले पनि आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रहरीका अनुसार हालसम्म मानवीय क्षति भने भएको छैन। प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने, “कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन।” 

आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन्।

फागुन २२, २०७८ आइतबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।