कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौंः कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवनमा जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगको छलफललाई अगाडि बढाउने तयारी रहेको नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए।
कानूनमन्त्री दिलेन्द्र बडूले सरकारले आजकै संसद् बैठकमा महाअभियोगको प्रक्रिया अघि बढाउने बताएका थिए। गत फागुन २ गते प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भए पनि यसमाथिको कारबाहीको प्रक्रिया अघि बढेको छैन।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेश गर्ने अर्को कार्यसूची रहेको छ।
फागुन २२, २०७८ आइतबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।