दिउँसो २ बजे बत्तीसपुतलीको पार्टी प्यालेसमा माओवादी केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौंः नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्झौता एमसीसीको सम्बन्धमा उठेका विभिन्न सवालमा जवाफ दिने कार्यक्रम छ।
यसअघि बैठक आज बिहान ११ बजे बस्ने भनिएको थियो। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजको बैठक बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्नेछ।
यस्तै आजको बैठकले स्थायी कमिटी, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय कमिटीमा सदस्य थप गर्ने बारेमा पनि छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ।
फागुन २२, २०७८ आइतबार १२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।