पोखराका पूर्वमेयर तथा राप्रपा नेता शेरचनको निधन

पोखराका पूर्वमेयर तथा राप्रपा नेता शेरचनको निधन

पोखराः पोखराका पूर्वमेयर गणेश शेरचनको निधन भएको छ। राप्रपाका नेता समेत रहेका शेरचनको ७८ वर्षको उमेरमा निधन भएको हो।

मधुमेह र मिर्गौला समस्याबाट पीडित शेरचनको आइतबार बिहान काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी राप्रपाका संस्थापक नेता तथा तत्कालीन राप्रपा नेपालको महामन्त्री पनि हुन्।

राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक समेत रहेका शेरचन २०३७ पोखरा नगर पञ्चायतको प्रधानपञ्च समेत भएका थिए।

त्यसपछि शेरचन कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य भएका थिए भने तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा सञ्चार सहायकमन्त्री भएका थिए।

शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति पनि भएका थिए।

फागुन २२, २०७८ आइतबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।