सुनको मूल्य तोलामा एकलाखमाथि, एकैदिन दुई हजारले वृद्धि

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँभन्दामाथि पुगेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९०० कायम भएको छ।
यसअघि छापावाल सुन तोलामा ९९ हजार ९०० मा कारोबार भएको थियो। आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्दै सुन एक लाखमाथि पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४०० तोकिएको छ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी तोलामा एक हजार चार सय १५ पुगेको महासङ्घले जनाएको छ।
पछिल्लो ११ दिन यता जारी रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रियसहित नेपाली बजारमा सुन-चाँदी तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार नौ सय ७० डलर आसपास कारोबार भइरहेको छ।
फागुन २२, २०७८ आइतबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।