प्रतिनिधि सभाको बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेश गरिने

प्रतिनिधि सभाको बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेश गरिने

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजेका लागि बैठक तय गरिएको छ।

बैठकमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गरिने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगको ३१औं वार्षिक प्रतिवेदन आ.व २०७७/७८ पेश गर्नेछन्।

फागुन २२, २०७८ आइतबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।