नेतादेखि कार्यकर्तासम्म गाउँ फर्किन आवश्यक छ: कृष्णबहादुर महरा

नेतादेखि कार्यकर्तासम्म गाउँ फर्किन आवश्यक छ: कृष्णबहादुर महरा

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले नेतादेखि कार्यकर्तासम्म सबै गाउँ फर्किन आवश्यक रहेको बताएका छन्।पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ। नेतादेखि कार्यकर्तासम्म सबै जनता फर्किन आवश्यक छ।”

यस्तै उनले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको पनि बताएका छन्। उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए।

फागुन २२, २०७८ आइतबार ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।