अधिकांश अमेरिकी बालबालिका कोभिड-१९ बाट संक्रमित

एजेन्सीः यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले अधिकांश अमेरिकी बालबालिका कोभिड-१९ बाट संक्रमित भएको जनाएको छ। सीडीसीले जारी गरेको अध्ययन प्रतिवेदनअनुसार करिब एक सय ४० मिलियनभन्दा बढी अमेरिकीहरूलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।
त्यसमध्ये बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको छ। ११ वर्षसम्मका बालबालिकाहरूमध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमणको एन्टिबडी रहेको अध्ययनले देखाएको छ।
संक्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट जारी गरिएको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ।
फागुन २१, २०७८ शनिबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।