पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्कीः पोखरा महानगरपालिका- १० कुडहर चोकमा गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा- १३ बाझपाटनका २५ वर्षीय नन्दप्रसाद गुरुङ रहेका छन्। 

गम्भीर घाइते भएका उनको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान सवा ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

गुरुङले चलाएको ग१०प ९९३० नम्बरको स्कुटर अनियन्त्रित भएर गए राति पौने ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

फागुन २१, २०७८ शनिबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।