राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ ग्रहण

राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ ग्रहण

काठमाडौंः राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई शपथ गराएका हुन्।

समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय ससद्को प्रतिक चिह्न(लोगो) प्रदान गरेका थिए।

शपथ लिनेमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार रहेका छन्।

यस्तै सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे,  तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका छन्। 

राष्ट्रिय सभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो।

फागुन २१, २०७८ शनिबार १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।