ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

झापाः पूर्वपश्चिम राजमार्गको दमक– ४ ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ। गए राति रोकिराखेको ट्रकमा तीव्र गतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो।

ताराबारीस्थित पेट्रोल पम्पनजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

फागुन २१, २०७८ शनिबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।