नेपाल सुपर लिगका महँगा १८ खेलाडी, २४२ मा १५० मात्र छानिए

नेपाल सुपर लिगका महँगा १८ खेलाडी, २४२ मा १५० मात्र छानिए

काठमाडौँ : नेपाल सुपर लिगका लागि भएको अक्सनमा १८ खेलाडी सर्वाधिक मूल्यमा अनुबन्ध भएका छन्। आगामी चैत २६ देखि जेठ ७ सम्म आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रवार अक्सन भएको थियो।

सुनिल बल, आशीष गुरुङ, दीप कार्की, त्रिदेव गुरुङ‚ मानबहादुर तामाङ, पूजन उपरकोटी र सीमान्त थापा , आकाश बुढामगर, दिनेश राजवंशी, छिरिङ गुरुङ, एरिक विष्ट, निशान खड्का, सेसेहाङ आङदेम्बे, गौतम श्रेष्ठ, सुमन अर्याल, दर्शन गुरुङ र सनिश श्रेष्ठ सर्वाधिक महँगोमा अनुबन्धित भए।

अक्सनमा २ सय ४२ जना सहभागी भए पनि १० टिमका लागि १ सय ५० खेलाडी अनुबन्धित भए। १० टोलीले अक्सनबाट  १५-१५ खेलाडी लिएका छन्। टिमले २३ खेलाडी टोलीमा राख्न पाउने नियम अनुसार पाँच विदेशी, दुई ट्यालेन्ट हन्ट र एक मार्कि राख्न पाउनेछ।

खेलाडीहरूलाई क्याटगोरी 'ए', 'बी' र 'सी'मा राखेर वर्गीकरण गरिएको थियो। 'ए'तर्फका खेलाडीको बेस प्राइस १ लाख ५० हजार र अधिकतम मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको थियो।

'बी' र 'सी' मा समान १०१ खेलाडी अक्सनमा राखिएको थियो। 'बी' क्याटगोरीका खेलाडीको सुरुवाती मूल्य १ लाख र अधिकतम मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको थियो।  'सी' क्याटगोरीका खेलाडीको ५० हजारदेखि १ लाख रुपैयाँसम्म रहेको थियो।

कुन टिममा को-को ?
काठमाडौँ : आशीष गुरुङ, राजीव लोप्चन, कुलदीप कार्की, पूजन होना, राजेन्द्र रावल, आशिष शाक्य, बिराज महर्जन, मनिष सेढाई, सुनिल बल, नरेन्द्र चौधरी, श्यामबाबु क्याप्छाकी, जगजित श्रेष्ठ, दीपक गुरुङ, सुमन लामा, रोशन पहरी।

ललितपुर : प्रशान्त तामाङ, नवीन गुरुङ, डोना थापा, दिवा उराउ, किशोर गिरि, रूपबहादुर लामा, विशाल सुनार, विकास तामाङ, सनिश श्रेष्ठ, बुद्ध चेम्जोङ, विमल पाण्डे, नवीन लामा, राजेश परियार, मिक्छेन तामाङ, जीवन गुरुङ।

पोखरा : अन्जल श्रेष्ठ, रुमेश बर्तौला, मणिकुमार लामा, कमल थापा मगर, रोशन राना मगर, दिनेश राजवंशी, छिरिङ गुरुङ, दीपकसिंह ठकुरी, सनम सोदेम्बा लिम्बु, चेतनकुमार थारु, एरिक विष्ट, अभियान प्रधान, जय गुरुङ, टेकबहादुर बुढाथोकी, सकल रेग्मी।

विराटनगर : मनिष डाँगी, दीप कार्की (गोल्डेन बजर), मिलन राई, आवास लामिछाने, सरोज तामाङ, रोहित कार्की, अञ्जन राई, अशोक खवास, दोर्जे तामाङ, यदु सिलवाल, बुद्धिमान राई, विजय धिमाल, प्रकाश बुढाथोकी, नीरकुमार राई, प्रदीप लामा।

झापा : उत्सव राई, लाकेन लिम्बु, ऋतिक खड्का, अमित तामाङ, आशिष लामा, रन्दिप पौडेल, सेसेहाङ आङदेम्बे, कमल श्रेष्ठ, निशान खड्का, सन्तोष तामाङ, देव लिम्बु, रञ्जन विष्ट, बिकी तामाङ, विपिन कँडेल, जनक कोइराला।

इलाम : दिवाकर चौधरी, विवेक बस्नेत, अशोक थापा, करण रावत, युवराज खड्का,  दीपेश आले मगर, दीपेश घले, आशीष राई, निशान्त थापा, जीवन गुरुङ, गौतम श्रेष्ठ, अभिषेक बराल, साजन राई, नीरज चौधरी, हेमन्त श्रेष्ठ।

वीरगन्ज : विश्वास श्रेष्ठ, शिव गुरुङ, सुभाष गुरुङ, मानबहादुर तामाङ, मनिष थापा, एकराज बुढाथोकी, टिकेन्द्र सिंह थापा, राजीव गुरुङ, सुरज जिउ ठकुरी, विमल राना, सुदीप गुरुङ, रेजिन सुब्बा, सूर्य अधिकारी, अभिषेक गुरुङ, विजय श्रेष्ठ।

चितवन : त्रिदेव गुरुङ, अशोक बराल, लक्ष्मण रुचाल, विश्वास उदास, आयुष घलान, भुवन बस्नेत, राजन गुरुङ, संजोक राई, विशाल बस्नेत, टोपबहादुर राना, पासाङ लामा, राजबाबु थापा, प्रदीप लम्साल, जर्जप्रिन्स कार्की।

बुटवल-लुम्बिनी : अजित भण्डारी, सुमन अर्याल, अभिषेक लिम्बु, आशीष राई, रवि पासवान, सौजन राई, कपिल ढकाल, दर्शन गुरुङ, हेमन्त थापामगर, विवश चौधरी, सरोज दाहाल, सञ्जित श्रेष्ठ, युद्ध शाही, बुद्ध बल तामाङ, क्रितिश रत्न छुन्जु।

धनगढी : शिशिर लेखी, सीमान्त थापा, अमृत श्रेष्ठ, प्रशान्त अवस्थी, रवि थिङ, सुसान श्रेष्ठ, दिलेन लोक्ताम, राजु योगी, रुपेश केसी, प्रवेश कुँवर, टङ्क बस्नेत, पूजन उपरकोटी,  आकाश बुढामगर, पाल्साङ लामा, नवयुग श्रेष्ठ।

फागुन २१, २०७८ शनिबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।