गुड फ्राइडे मनाउन ज्ञानेन्द्र त्रिशारामा : मध्यरात पक्ष-विपक्षमा नाराबाजी

गुड फ्राइडे मनाउन ज्ञानेन्द्र त्रिशारामा : मध्यरात पक्ष-विपक्षमा नाराबाजी
त्रिशारामा ज्ञानेन्द्रको फाइल तस्बिर।

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह गुड फ्राइडे मनाउन दरबारमार्गको त्रिशारा रेस्टुरेन्टमा गए। उनी मध्यरातसम्मै त्रिशारामा बसेर १२ बजेतिर निस्किएका थिए।

परिवारका सदस्यसँग गएका उनी केही घण्टा बसेर बाहिरिँदा उनको पक्षमा नारा लाग्यो। केही ग्राहकले राजतन्त्र जिन्दाबाद भनेर नारा लगाएपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहकले राजतन्त्र मुर्दावाद भनेर नारा लगाएका थिए।

त्रिशारामा बेलाबखत पूर्व राज परिवार गइरहन्छन्। तीन वर्ष अगाडि ज्ञानेन्द्र परिवार लिएर लाजिम्पाटको त्रिशारामा गएका थिए। यो बिचमा उनी दरबारमार्गको किङस् लाउन्ज, ठमेलको एलओडीमा समेत गएका थिए।

एलओडीमा ज्ञानेन्द्र नाच्दा भाइरल भएको थियो। 

फागुन २१, २०७८ शनिबार ००:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।