५२ वर्षको उमेरमै अस्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

५२ वर्षको उमेरमै अस्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

एजेन्सी : अस्ट्रेलियन क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। इएसपिएन क्रिकेटका अनुसार उनको मृत्युको कारण ह्रदयघातको आशङ्का गरिएको छ।

वार्नको व्यवस्थापनको तर्फबाट सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख भए अनुसार थाइल्यान्डमा उनको निधन भएको उल्लेख छ। विज्ञप्तिमा वार्न हलचल गर्न नसक्ने अवस्थामा फेला परेको र चिकित्सक टोलीले प्रयास गर्दा पनि असफल भएको उल्लेख छ।

विज्ञप्तिमा परिवारले गोपनीयताको माग गरेकाले थप विवरण पछि सार्वजनिक गरिने उल्लेख छ।

फागुन २०, २०७८ शुक्रबार २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।