यूट्युवरविरुद्ध नायिका रेखाको उजुरी, गालीगलौज गरेको दाबी

काठमाडौँ : कलाकार पल शाहविरुद्ध नाबालिगको बलात्कारको जाहेरी परेपछि १८ वर्ष मुनीको नाबालिगको पक्षमा स्ट्याटस राखेपछि उनी विरुद्ध गाली-गलौच बढेपछि रेखाको तर्फबाट उनको दिदीले निवेदन दिएकी हुन्।
प्रहरीको साइबर अनुसन्धान ब्युरोमा थापा कोतर्फबाट युट्युब च्यानल 'ए वान' मिडियाविरुद्ध दिदीले निवेदन दिएकी हुन्। थापाले नाबालिग र नेपालको कानुन उल्लेख गरेर स्ट्याटस लेखेकी थिइन्।
उनको सो स्ट्याटस आएपछि पलको पक्षमा रहेकाहरूले उनलाई गाली गलौच गरेका थिए। सो युट्युवर ए वान मिडियाले भिडियो राखेको उजुरीमा उल्लेख छ।
फागुन २०, २०७८ शुक्रबार १८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।