सामाजिक सञ्जाल प्रयोगकर्तालाई गृहको चेतावनी : भ्रम फैलाउन संलग्न देखिए विध्दुतिय कारोबार अनुसार कारबाही गर्छौ

काठमाडौँ : गृह मन्त्रालयले एक सूचना निकालेर सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन सक्रियलाई विद्धुतिय कारोबार ऐन अनुसार कारबाही हुने चेतावनी दिएको छ। गृहले फेसबुक, युट्युब, टिकटक र इन्ट्राग्राम लगायतका सामाजिक सञ्जालको दुरुपयोग भएको भन्दै सूचना निकालेर चेतावनी दिएको हो।
सूचनामा 'सामाजिक सञ्जालहरूमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायसँग सम्बन्धित भिडियो एवम् तस्बिरहरूको दुरुपयोग गरेर भ्रम र अफवाह फैलाउने काम भएको भन्दै यस्तो चेतावनी दिएको हो।
त्यस्ता सामाग्रीमा झुटो शीर्षक र क्याप्सन राखेर भिडियो र तस्बिर सम्पादन गरेर राखेको सूचनामा उल्लेख छ। पछिल्लो समय प्रहरीको विभिन्न गतिविधिको र्याली लगायतकाको अडियो परिवर्तन गरेर नाबालिग बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहको पक्षमा निक्किएको विरोध प्रदर्शन भन्दै टिकटकमा राख्ने क्रम बढेको छ।
सूचनामा कुन-कुन भिडियो र तस्बिरको दुरुपयोग भएको हो सो भने खुलाएको छैन। उसले यस्ता गतिविधिमा संलग्न देखिएकालाई विद्धुतिय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने र कसैले यस्तो दुरुपयोग गरेको फेला परेमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरिएको छ।
फागुन २०, २०७८ शुक्रबार १७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।