सामाजिक सञ्जालमा भ्रामक समाचार संप्रेषण नगर्न साइबर ब्युरोको चेतावनी

काठमाडौं : प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालबाट भ्रामक तथा झुटा समाचार संप्रेषण नगर्न सचेत गराएको छ।
ब्युरोले शुक्रबार एक विज्ञप्ति जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहबाट प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई नै प्रभावित पार्ने कार्य हुँदै आएकोले त्यस्ता कार्य तत्काल रोक्न अनुरोध समेत गरेको छ।
'युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हनन् गर्दै सामाजिक एव मानसिक स्वास्थ्यमा असर पुर्याउने प्रवृत्ति देखिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'त्यस्ता क्रियाकलाप गर्नेलाई विद्युतीय कारोबार एन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा कारबाही हुनेछ।'
फागुन २०, २०७८ शुक्रबार १७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।