केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैनः प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन्।
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन। स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ।’
उनले आगामी चुनावमा कांग्रेसले भ्रष्टाचार विरुद्धको एजेण्डा अघि सार्नुपर्ने पनि बताए। ‘स्थानीय तहले विकासलाई गाउँ-गाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै नै भएको छ। तर सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाच्नमा कांग्रेस भ्रष्टाचार विरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ।’
पौडेलले विकासको आधार स्थानीय तह भएकाले भ्रष्टाचार विरुद्ध कांग्रेस खरो रुपमा उत्रिन जरुरी रहेको बताए।
फागुन २०, २०७८ शुक्रबार १६:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।