लचिलो बन्दै तालिबान: अफगान लगानीकर्तालाई फिर्ता हुन आह्वान

लचिलो बन्दै तालिबान: अफगान लगानीकर्तालाई फिर्ता हुन आह्वान

एजेन्सीः सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएसँगै देश छोडेर पलायन भएका अफगान लगानीकर्ताहरूलाई फिर्ता हुन तालिबानले आह्वान गरेको छ। अफगान सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले बिहीबार काबुलमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।

बरदारको भनाइलाई त्यहाँको सरकारले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको थियो। “बरादारले विदेशमा रहेका अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्केर यहाँ लगानी गर्न आह्वान गर्नुभएको जनाइएको छ। लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै विज्ञप्तिमा अन्तर्राष्ट्रिय नाकाबन्दीहरू दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको पनि तालिबान सरकारले बताएको छ।

फागुन २०, २०७८ शुक्रबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।