जेसीबी दुर्घटना हुँदा बर्दिबासका १८ वर्षीय रोहितको मृत्यु

सिन्धुपाल्चोकः जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ मा जेसीबी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी जेसीबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका- ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो।
निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा२क ६६१८ नम्बरको जेसीबी माटोमा भासिएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
जेसीबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्रकाश चौधरी भने सकुशल रहेका छन्। चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए।
फागुन २०, २०७८ शुक्रबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।