सुनको मूल्य: एक लाख पुग्न एक सय कम

सुनको मूल्य: एक लाख पुग्न एक सय कम

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ। आज छापावाल सुन तोलामा ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ।

रुस र युक्रेनबीच जारी युद्धका कारण खानेतेल, इन्धनसहित सुनचाँदीमा पनि अस्वाभाविक वृद्धि देखिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय ३५ डलर आसपास कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय तोकिएको छ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

फागुन २०, २०७८ शुक्रबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।