मिर्गौला झिकेर आठ लाख दिने भन्दै प्रलोभनमा पार्ने मोती लामा पक्राउ

मिर्गौला झिकेर आठ लाख दिने भन्दै प्रलोभनमा पार्ने मोती लामा पक्राउ

काठमाडौंः नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर हेटौँडाका मोती लामा रहेका छन्।

मिर्गौला झिकेर बेच्ने उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुई जनालाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा महानगरीय प्रहरी वृत्तको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो। 

एउटा मिर्गाैला झिक्दा खासै फरक नपर्ने र आठ लाख कमाइ हुने भन्दै दुई जनालाई उनले ललाइफकाइ होटलमा ल्याएर राखेका थिए। महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रहरीले ती दुई जनालाई भारत लैजान ठीक पारिएको अवस्थामा उद्धार पनि गरेको छ।

पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ।

फागुन २०, २०७८ शुक्रबार १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।