आणविक प्रकोप हुनुअगावै रुसलाई रोक्न जेलेन्स्कीको माग

आणविक प्रकोप हुनुअगावै रुसलाई रोक्न जेलेन्स्कीको माग

एजेन्सीः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्व नेताहरूसँग रुसलाई रोक्न माग गरेका छन्। उनले युक्रेनमा आणविक प्रकोप हुनुअगावै रुसलाई रोक्न विश्व नेताहरूसँग अपिल गरेका हुन्।

'युक्रेनमा १५ आणविक भट्टी छन्। तीमध्ये एउटा मात्र विस्फोट हुनु भनेको सबै विनाश हुनु हो। युरोप विनाश हुनु हो', जेलेन्स्कीले भने।

बिहीबार रुसले जेपोरिज्जिया आणविक प्लान्टमा हमला गर्दा त्यहाँ आगलागी भएको थियो। हाल भने आगलागी नियन्त्रणमा लिइएको छ। प्लान्टमा गम्भीर क्षति भने भएको छैन। 

यता जेलेन्स्कीले रुसले जानाजानी आणविक प्लान्टमा हमला गरिरहेको बताएका छन्। उनले चेर्नोबायल आणविक घटनाको दृष्टान्त दिँदै रुसलाई रोक्नुपर्ने बताएका छन्।

सन् १९८६ मा तत्कालीन सोभियत युक्रेनमा भएको चेर्नोबायल प्रकोप इतिहासकै भयानक आणविक प्रकोपको रूपमा मानिन्छ।

फागुन २०, २०७८ शुक्रबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।