ट्याक्टरको ठक्करले ट्राफिक प्रहरी पौडेलको मृत्यु

काठमाडौंः गए राति ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका-६ जयनेपाल चोकमा गए राति ट्याक्टरले ठक्कर दिँदा भरतपुर महानगरपालिका- १४ राधापुरका अर्जुन पौडेलको मृत्यु भएको हो।
उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रहरी नायव निरीक्षक (सई)को रूपमा कार्यरत थिए। गएराती ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना४त ८८२९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको पौडेल सवार ना१६प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
ट्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ।
फागुन २०, २०७८ शुक्रबार १०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।