ग्वार्कोमा स्कुटरले ठक्कर दिँदा ६ वर्षीया अनुस्काको मृत्यु

काठमाडौंः ललितपुरको ग्वार्कोमा हिजो साँझ स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन्।
हिजो साँझ ७ बजे पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको हो। गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा राति पौने १२ बजे मृत्यु भएको हो।
दुर्घटनापश्चात् फरार भएका स्कुटरसहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मङ्गलबजारले जनाएको छ।
फागुन २०, २०७८ शुक्रबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।