चारवर्षे कार्यकाल पूरा गरेर २० राष्ट्रिय सभा सदस्य बिदा हुँदै

चारवर्षे कार्यकाल पूरा गरेर २० राष्ट्रिय सभा सदस्य बिदा हुँदै

काठमाडौंः राष्ट्रिय सभाका २० सदस्यको पदावधि आज सकिँदैछ। गोलाप्रथामार्फत ४ वर्षे पदावधिको चिठ्ठा समाएका उनीहरूको कार्यकाल आज पूरा भएको हो।

यसरी पदावधि सकिने सदस्यहरूमा नेकपा एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत एक जना रहेका छन्।

नेकपा एमालेका पर्शुराममेघी गुरुङ, कोमल वली, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन्। यस्तै माओवादीबाट दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा रहेका छन्। 

एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जीसी र शेरबहादुर कुँवर आजबाट बिदा हुँदैछन् भने नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृगनारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल पनि आजसम्मको मात्र रहेको छ।

यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारी पनि आजैबाट बिदा हुँदैछन्।

उनीहरूको स्थानमा गत माघ १२ गते नै १९ नयाँ सदस्यहरू निर्वाचित भइसकेका छन् भने राष्ट्रपतिले एक जना मनोनीत गर्नेछिन्।

फागुन २०, २०७८ शुक्रबार ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।