मतदाता नामावलीमाथि दावी विरोधका लागि निवेदन दिन आह्वान

काठमाडौंः आसन्न स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीमाथि दावी विरोध गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ७७ वटै जिल्लाका निर्वाचन कार्यलयमा आजदेखि दावी विरोध गर्न आयोगले आह्वान गरेको हो।
दावी विरोधका लागि ७ दिनको अवधि तोकिएको छ। यसबीचमा आयोगले परेको उजुरीमाथि छानबिन गरी मतदाता नामावाली अद्यावधिक गर्नेछ।
यो अवधिमा मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन, झुटो विवरण दिई नामावली समावेश भएको उजुरी दिन सकिनेछ।
फागुन २०, २०७८ शुक्रबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।