करेन्ट लागेर व्यास नगरपालिकाका वडासदस्यको मृत्यु

तनहुँः करेन्ट लागेर जिल्लाको व्यास नगरपालिका-१ का वडासदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीय ओमबहादुर नेपाली रहेका छन्।
नेपाली कांग्रेसका तर्फबाट वडासदस्य निर्वाचित नेपालीको छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
फागुन २०, २०७८ शुक्रबार ०८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।