पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पहाडी भूभागका केही स्थानमा भने मौसम बदली हुने भएको हो।
यतिबेला उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।
आज दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति पनि यही मौसमी प्रणाली रहनेछ।
फागुन २०, २०७८ शुक्रबार ०७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।