पेट्रोलको मूल्य बढेर लिटरको १५० पुग्यो

पेट्रोलको मूल्य बढेर लिटरको १५० पुग्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर पेट्रोलको एक सय ५० पुर्याएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रुपैयाँका दरले बढाएको छ।

निगमले निकालेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन। निगमले ५-५ रुपैयाँ मूल्य बढाए पनि पेट्रोलमा अझै ११ रुपैयाँ २८ पैसा घाटा रहेको निगमको दाबी छ। डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा रहेको र मट्टितेलमा भने १९ रुपैयाँ ५१ पैसा फाइदा रहेको निगमको सूचनामा उल्लेख छ।

फागुन १९, २०७८ बिहीबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।