स्थानीय तह निर्वाचनका लागि सरकारले दिनेभो आठ अर्ब बजेट

स्थानीय तह निर्वाचनका लागि सरकारले दिनेभो आठ अर्ब बजेट

काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिए।

आयोगले स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेको थियो। आयोगले माग गरेभन्दा कम बजेटको सुनिश्चिता भए पनि निर्वाचनका लागि आवश्यक रकमको कुनै कमी हुन नदिइने प्रतिबद्धता सरकारकारबाट व्यक्त भएको उनले बताए।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलका निवेदनमाथि जाँचबुझ भइरहेको आयोगले जनाएको छ। निर्वाचनमा सहभागी हुने दलहरुको नाम यही फागुन २६ गतेभित्र प्रकाशन गरिने प्रवक्ता पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

फागुन १९, २०७८ बिहीबार १९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।