राउतको हत्या आफ्नै साथीबाट भएको खुलासा, दुई पक्राउ

राउतको हत्या आफ्नै साथीबाट भएको खुलासा, दुई पक्राउ

काठमाडौं : काठमाडौँको बुढानीलकण्ठमा मृत फेला परेका मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका- ४ बस्दै आएका ३२ वर्षीय राउतको संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवानलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद हुँदा हत्या गरेको अनुसन्धानमा खुलेको छ। उनीहरु लागुऔषध कारोबार तथा सेवानमा समेत संलग्न रहेको पाइएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

राउत यही फागुन १६ गतेदेखि हराएका थिए। उनको शव १७ गते फेला परेको थियो। घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो।

मृतकको शव अहिले परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ।

फागुन १९, २०७८ बिहीबार १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।