एफए कप : पिटर्सब्रग स्तब्ध, म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

एफए कप : पिटर्सब्रग स्तब्ध, म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

वेस्टन होम्स स्टेडियम पिटर्सबर्गमा मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन रियाद महारेज र ज्याक ग्रेलिसले एक/एक गोल गरेका थिए।

पहिलो हाफ बराबरी भएपछि दोस्रो हाफमा खेललाई सुधार गर्दै सिटीले ८ मिनेटको अन्तरमा दुई गोल गरेको थियो। 

सिटीका खेलाडी रियाद महारेजले खेलको ६०औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ६७ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि सिटी २-० ले विजयी भएको हो।

फागुन १८, २०७८ बुधबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।