रूसको विश्वकप यात्रा अनिश्चित

रूसको विश्वकप यात्रा अनिश्चित

रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै फिफा र यूएफाले रुसलाई अन्तर्राष्ट्रय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

रूसको राष्ट्रिय टिमसँगै व्यावसायिक फुटबल क्लबहरुसमेत अर्को सूचना नआएसम्मको लागि निलम्बनमा परेका छन्। फिफाको निलम्बन परेपछि परेमा रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउने छ।

यसैबीच पोल्याण्डले रूसको युक्रेनमाथिको आक्रमणविरूद्ध युक्रेनी पक्षसँग सदासयता देखाउँदै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ। 

फिफाले गत आइतबार रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो । 

फागुन १८, २०७८ बुधबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।