फागुन २९ बाट इलाममा राष्ट्रिय कराते प्रतियोगिता

फागुन २९ बाट इलाममा राष्ट्रिय कराते प्रतियोगिता

७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक प्रदिप सैजुले जानकारी दिए। सूर्योदय नगरपालिका–१० को कान्दुक फुटसल एरिनामा हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट १/१ टिमको सहभागिता रहने जनाइएको छ। आयोजक टिमको रुपमा सूर्योदय नगरपालिकाले समेत खेल्ने सैजुले बताए।

कमुते तर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समुहका खेलाडीहरुले सहभागिता जनाउनेछन्। त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समुहमा प्रतिस्पर्धा हुनेछ। कुमेत खेलमा सहभागि खेलाडीहरु मध्येबाट १/१ जनाले एकल कातामा प्रतिस्पर्धा गर्ने इलामका कराँते प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए।

करातेको माध्यमबाट खेल पर्यटनको प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए। प्रतियोगितामा सहभागि प्रदेशका टिमहरुलाई आवास र खानपानको व्यवस्थाको तयारी  अन्तिम चरणमा पुगेको सूर्योदय नगर खेलकुद विकास समितिका अध्यक्ष शरण राईले बताए। प्रदेश १ को टिम आगामी फागुन २० गते जिल्ला भरका डोजोबाट छनौट गरिने जनाइएको छ। 

यसअघि २०७५ चैत्र २२ र २३ मा जिल्ला कराँते संघको संयोजनमा सूर्योदय नगरपालिकाको श्रीअन्तुमा सातौ अन्तराष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता सम्पन्न भएको थियो । जसमा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईको टिम सहभागि थिए। कोभिड संक्रमणका कारण विगत ३ बर्ष देखि ठप्प बनेको इलामको कराँते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो । 

फागुन १७, २०७८ मंगलबार २०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।