वडाध्यक्षसँग घुस लिएको आरोपमा देवाही नगरपालिकाका मेयर पक्राउ

रौतहट : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल २ लाख नगद र साढे २ लाखको चेकसहित पक्राउ गरेको छ।
अख्तियारको केन्द्रबाट गएको टोलीले उनलाई वडा अध्यक्षसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो।
सोही नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग उनले घुस मागेको सूचनाको आधारमा केन्द्रबाटै टोली गएको थियो।
फागुन १५, २०७८ आइतबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।