नेपालको स्वाधिनतामाथि नांगो हस्तक्षेप : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले रातारात एमसिसी पारित गरेर यो सरकारले नेपाल र नेपालीको स्वाभिमान र अस्मितामाथि नै खेलवाड गरेको बताएका छन्।
एमसिसीबारे संसद्मा बोल्दै नेता रावलले भने, 'हल्लाखल्ला र रातारात यति ठूलो सम्झौता गरेर सरकारले नेपालको स्वाधिनता, सार्वभौमस्ता र अखण्डतामाथिको हस्तक्षेप हो।'
एमसिसी पास गर्ने निर्णय देशको स्वाधिनताका लागि कलंकको रुपमा इतिहासमा अंकित हुने भन्दै उनले विदेशीको इशारामा हतारमा गरिएको कामले मुलुकलाई दीर्घकालीन रुपमै गम्भीर असर गर्ने बताए।
उनले भने, 'मलाई बोल्ने समय दिनूस्, एमसिसी सम्झौता भएपछि कसरी अमेरिकाको हस्तक्षेप हुन्छ। हाम्रो अस्मितामाथि धावा बोल्छ, म बताउँछु। आउनूस् बहस गरौं।'
फागुन १५, २०७८ आइतबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।