भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि पौडेललाई

भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि पौडेललाई

पोखरा : रेवान भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गतको सिनियर भेट्रान्सको उपाधि राजन पौडेलले जितेका छन्।

आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पौडेलले उपाधि जितेका हुन्। 

कास्की जिल्ला टेनिस संघको आयोजना र रेवान पोखराको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भएका छन्। 

फाइनल खेलमा गोपी र धरमको जोडीले नविन श्रेष्ठ-राजु गुरुङको जोडीमाथि ६–३, ६–२ को नजिता निकाल्दै उपाधि चुम्न सफल भएका हुन्। 

प्रतियोगिताको नवप्रवेशीतर्फको उपाधि भिष्मराज पौडेलले जितेका छन् भने राजेश गुरुङले दोस्रो स्थानमा चित्त बुझाएका छन्।

प्रतियोगितामा खुला एकलतर्फका विजेताले नगद १५ हजार र दोस्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफी पुरस्कार हात पारेका छन्। 

डबल्सतर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार सहित ट्रफी पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गरेका छन्। 

फागुन १५, २०७८ आइतबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।