जनता समाजवादीका १२ जना साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं : जनता समाजवादी पार्टीको गण्डकी प्रदेश कमिटीले १२ जना नेता–कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ।
केही दिन पहिले जसपा त्यागेका १२ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपाले जनाएको छ।
निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् ।
फागुन १५, २०७८ आइतबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।