एमसिसीविरुद्ध नयाँबानेश्वरमा देखिएका 'स्टोन लडाकु'

एमसिसीविरुद्ध नयाँबानेश्वरमा देखिएका 'स्टोन लडाकु'

काठमाडौँ : संसद्मा अमेरिकी सहयोग परियोजना सम्बन्धी सम्झौताबारे सांसदहरूबिच वाक युद्ध चलिरहँदा बाहिर नयाँबानेश्वर क्षेत्रमा भने एमसिसीको विपक्षमा रहेकाहरू र सुरक्षाकर्मीबिच स्टोन वार चलिरहेको थियो।

प्रहरीले प्रदर्शनकारीहरूलाई बिजुली बजार पुलमै रोक्ने प्रयास गरेको थियो। एमसिसी सम्झौता हुनुहुन्न भन्दै प्रदर्शनमा उत्रिएकाहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज गर्दै टियर ग्याँस समेत हानेको थियो।

भित्र संसद्मा एमाले सांसदहरू निरन्तर विरोधमा नारा लगाइरहेका छन्। सत्तामा रहेका दलहरूका सांसदहरूबिचै एमसिसीबारे सहमति हुन सकेको छैन। एमसिसीबारे भएको छलफलमा बोल्ने सांसदहरू नै पक्ष र विपक्षमा आफ्ना धारणा राखेका थिए। सरकारले भने व्याख्यात्मक प्रस्तावसँगै एमसिसी सम्झौता पारित गर्ने तयारी गरिरहेको छ।

फागुन १५, २०७८ आइतबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।