तीन मिनेटमै सकियो मन्त्रीपरिषद् बैठक

काठमाडौँ : सङ्घीय संसद्को प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठक कक्षमा बसेको मन्त्रीपरिषद्को बैठक तीन मिनेटमै सकियो।
प्रतिनिधि सभाको बैठकमा एमसिसीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै साढे ६ बजेसम्मका लागि संसद् बैठक स्थगित भएपछि संसद् भवनमै मन्त्रिपरिषद्को बैठक बसेको थियो।
बैठकमा अमेरिकी सहयोग सम्झौताबारे व्याख्यात्मक प्रस्तावको प्रस्तावना पारित गर्ने निर्णय गरे लगत्तै बैठक सकिएको थियो। मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन् ।
फागुन १५, २०७८ आइतबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।