एमसिसीबारे झलनाथ खनालले भने' म त्यो पक्षमा छैन'

काठमाडौँ : सत्ता साझेदार दल एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसिसीको पक्ष र विपक्षमा पार्टीभित्र दुई धार देखिएको बताएका छन्।
संसद् भवन परिसमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले नेताहरूले घुँडा टेकेको टिप्पणी समेत गरेका थिए। उनले व्याख्यात्मक टिप्पणी गरेर एमसिसी सम्झौता अनुमोदन गर्दा त्यसलाई अमेरिकाले मान्छ कि मान्दैन भन्दै प्रश्न गरेका थिए।
'पक्षमा भोट हाल्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा खनालले भने, ‘विचार गर्दैछु। म त्यो पक्षमा छैन।’ कति सांसदले विपक्षमा मत जाहेर गर्छन् भन्ने प्रश्नमा खनालले पार्टीमा पक्ष र विपक्षमा विभाजन परेको भन्दै भने' कति सांसदहरूले विचार गर्दै छन् हेर्दै जाऊँ।’
उनले संसद्मा एमसिसीबारे भएको छलफलमा पनि विपक्षमा मत राखेका थिए। उनले एमसिसी सम्झौता गर्नै नहुने भनेपछि उनीपछि बोलेका नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले खनाल प्रधामन्त्रीहुँदा समेत मन्त्रीपरिषद्मा एमसिसीबारे निर्णय भएको भन्दै नपत्याए त्यो बेलाको मन्त्रिपरिषद्को माइन्युट हेर्न आग्रह गरेका थिए।
फागुन १५, २०७८ आइतबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।