मुलपानी भेट्रान्सलाई हराउँदै डाक्टर टीम ५ विकेटले विजयी

काठमाडौंः मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न नेपाल डाक्टर टीम र मुलपानी भेट्रान्सबीचको टी ट्वेन्टी खेलमा डाक्टर टीम विजयी भएको छ। मुलपानी भेट्रान्सलाई ५ विकेटले हराउँदै डाक्टर टीमले खेल जितेको हो।
खेलमा मुलपानी भेट्रान्सले पहिले ब्याटिङ गर्दै १२७ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य डाक्टर टीमले १६ ओभरमै भेटाएको थियो।
डक्टर टीमको कप्तानी कृष्ण बुढाथोकीले गरेका थिए भने भेट्रान्सको कप्तानी बालकृष्ण शर्माले गरेका थिए।
फागुन १५, २०७८ आइतबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।