नेपाल टी-२० लिगको जिम्मा भारतीय कम्पनीलाई

काठमाडौँ : टियू मैदानमा सुधारको काम गर्ने सर्तसहित नेपाल टी-२० लिगको आयोजनाको अधिकार भारतीय कम्पनी सेभेन थ्री स्टारले पाएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को कैलालीको धनगढीमा बसेको साधारण सभाले सेभेन थ्री स्पोर्टसलाई नेपाल टी–२० लिग आयोजना गर्न दिने निर्णय गरेको हो।
यस अगाडि भएका केही निर्णयहरू भने संशोधन भएका छन्। यस अगाडि १० वर्षका लागि दिने सम्झौता भएकोमा यस पटक ८ वर्ष गरिएको छ। अवधि घटेसँग ४२ करोडको सम्झौता पनि ३३ करोडमा झरेको छ।
यस अगाडि पनि लिगको जिम्मा सोही कम्पनीले पाए पनि बिचमा विवाद भएको थियो। शनिवार बसेको क्यानको बैठकले केही सर्त थपेर सोही कम्पनीलाई लिगको जिम्मा दिने निर्णय गर्यो। निर्णय सर्वसम्मत भने हुन सकेन।
फागुन १४, २०७८ शनिबार २०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।