पलसँग सम्पर्कमा रहेका निर्देशक सुदर्शन थापालाई लगियो तीनकुने प्रहरी चौकी

पलसँग सम्पर्कमा रहेका निर्देशक सुदर्शन थापालाई लगियो तीनकुने प्रहरी चौकी

काठमाडौंः 'म यस्तो गीत गाउँछु-२' का निर्देशक सुदर्शन थापालाई तीनकुनेस्थित प्रहरी चौकी लगिएको छ। पल शाह प्रकरणमा सोधपुछका लागि भन्दै उनलाई प्रहरी चौकी लगिएको हो।

नाबालिग बलात्कारको आरोप लागेका पल शाहसँग थापा निरन्तर फोन सम्पर्कमा बसेको र प्रहरीलाई यसबारे जानकारी नदिएको भन्दै उनलाई सामान्य सोधपुछका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर लगिएको प्रहरी स्रोतले बताएको छ। 

जघन्य अपराधका आरोपीसँग निरन्तर सम्पर्कमा रहनु र प्रहरीलाई खबर नदिनु पनि कानूनअनुसार दण्डनीय मानिन्छ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिएलगत्तै निर्देशक थापालाई सोधपुछका लागि भन्दै तीनकुने प्रहरीले लगेको थियो। थापाको साथैमा रहेका निर्देशक नारायण पुरीका अनुसार यतिबेला निर्देशक थापाको फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

फागुन १४, २०७८ शनिबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।