चीनको इसारामा कम्युनिष्टहरू एमसीसीको विपक्षमा लागे: कांग्रेस नेता पौडेल

चीनको इसारामा कम्युनिष्टहरू एमसीसीको विपक्षमा लागे: कांग्रेस नेता पौडेल

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनको इसारामा कम्युनिष्ट नेताहरू एमसीसीको विरोध गरेको बताएका छन्।तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको शहीद विक्रम परियारको अर्धकदको शालिक अनावरण गर्दै नेता पौडेलले यस्तो बताएका हुन्। 

विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भए पनि अहिले चीनको इसारामा त्यसको विपक्षमा उभिएको उनको आरोप थियो।

पौडेलले एमसीसी नेपालको हितमा रहेको पनि बताए। यस्तै विद्युत शक्ति बेचेर अमेरिकाले नेपाललाई धनी बनाउन चाहेको पनि उनले दावी गरे।

फागुन १४, २०७८ शनिबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।