एमाले हुम्लाको अध्यक्षमा कलबहादुर हमाल

सुर्खेतः नेकपा एमाले हुम्लाको जिल्ला कमिटी अध्यक्षमा कलबहादुर हमाल निर्वाचित भएका छन्। यही फागनु ९ गते उद्घाटन गरी सुरु भएको अधिवेशनमार्फत हमाल अध्यक्ष निर्वाचित भएका हुन्।
यस्तै जिल्ला कमिटी उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहोरा र विमला शाही निर्वाचित भएका छन्। एमाले हुम्लाका अनुसार एक सय २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।
फागुन १४, २०७८ शनिबार १२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।