विश्वकप खेल्ने अवसर गुमाएको नेपालको टी ट्वेन्टी वरियता भने सुधार

विश्वकप खेल्ने अवसर गुमाएको नेपालको टी ट्वेन्टी वरियता भने सुधार

काठमाडौंः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको टी ट्वेन्टी वरियता सुधार भएको छ। यसअघि १५औं स्थानमा रहेको नेपाल हाल नयाँ वरियता अनुसार १३औं स्थानमा रहेको छ।

नेपालले हालै सम्पन्न ओमान यात्रामा गरेको प्रदर्शनको आधारमा आईसीसीले वरियता निर्धारण गरेको हो। नेपाल टी ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरमा तेस्रो भएको थियो भने समूह चरणको खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

हाल टी-ट्वेन्टी वरीयतामा भारत शीर्ष स्थानमा छ। इङ्ग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ।

नेपाललाई विश्वकप खेल्नबाट रोक्ने यूएई भने १२औं स्थानमा छ।

फागुन १४, २०७८ शनिबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।