अनटेस्ट मोटरसाइकलमा तीन जना सवार: दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

अनटेस्ट मोटरसाइकलमा तीन जना सवार: दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

धनुषाः जिल्लाको नगराइन नगरपालिका-४ मा हिजो साँझ तीन जना सवार मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा २ जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार मधुबनी हरलाखीका ३५ वर्षीय दिलीप राम रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अपतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकल चालक सहित दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हिजो साँझ साढे ७ बजे नगराइनबाट फुलगामातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

फागुन १४, २०७८ शनिबार ०९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।