माेटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्ष कार्कीकाे मृत्यु

माेटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्ष कार्कीकाे मृत्यु

सुर्खेतः मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका- १ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ। वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको हो।

नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ गते ठक्कर दिएको थियो।

रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका- १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश-०२-००१ख ०५४६ नम्बरको फोर्स गाडीले वीरेन्द्रनगरबाट छिन्चु जाँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्की घाइते भएका थिए।

फागुन १४, २०७८ शनिबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।